नगर स्तरिय दादुरा–रुवेला खोप अभियान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर स्तरिय दादुरा रुवेला खोप अभियान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा यही मिति २०८० फाल्गुण १३ देखि मिति २०८० फाल्गुण २१ गते सम्म अभियान संचालन गरी ९ महिना देखि १५ वर्ष सम्मका वालवालिकालाई दादुरा रुवेला विरुद्धको खोप खुवाउने प्रतिवद्धता जनाइएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सभा हलमा संचालित अभिमुखि करण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मकेश्वर यादव, २ का अध्यक्ष देवु यादव, वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ८ का अध्यक्ष मोद कुमार महतो, वडा नम्बर ९ का अध्यक्ष अवध किशोर यादव, स्वास्थ्य शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानध्यापक, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो । अभिमुखिकरण कार्यक्रममा उपस्थित खोप अधिकृत राजदेव यादव स्वास्थ्यमा नेपालका र पालिकाको अवस्था वारे जानकारी दिएका थिए । कार्यक्रममा उस्थित नगर प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु आ–आफनो तर्फबाट खोप अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर