क्षिरेश्वरनाथ नगरपालिकाको स्थानीय पाठ्यक्रम विकासका लागि एकदिने कार्यशला सम्पन्न

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिकाको स्थानिय पाठ्यक्रम निर्माणका लागि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा गरिएको कार्यशालाको सहजीकरण पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पाठ्यक्रम विज्ञ यूवराज अधिकारीले गर्नुभएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख दिपक खत्रीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित कार्यशाला गोष्ठीमा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा, वडा नम्बर २ का अध्यक्ष देवु यादव, वडा नम्बर ३ का अध्यक्ष जय किशोर सिंह, वडा नम्बर ४ का अध्यक्ष जगदिस यादव, वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, वडा नम्बर ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ८ का अध्यक्ष मोद कुमार महतो –मोदी), वडा नम्बर ९ का अध्यक्ष अवध किशोर यादव, वडा नम्बर १० का अध्यक्ष राम पदार्थ यादव, क्षिरेश्वरनाथ नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक एवम् सँस्थागत विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि, पूर्व अवकास शिक्षक, नगर शिक्षा समितीका पदाधिकारी, नगरकार्यपालिका सदस्य लगायत विभिन्न ब्यक्तीहरुको उपस्थित रहेको कार्याशालामा सहजीकरण पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पाठ्यक्रम विज्ञ अधिकारीले स्थानीय पाठ्यक्रमको ढाँचा, अबधारणा, व्यवस्था, निर्माणको नितिगत व्यवस्था, निर्माण प्रकिया, आवश्यकता औचित्यता र विशेषता, सम्भावित विषय क्षेत्र संगै पाठ्यक्रममा समाबेस हुनुपर्ने कुराहरुको बारेमा सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै प्रत्येक वडागत रुपमा वडाको वस्तुस्थिती लगायत विभिन्न धार्मिक, पुरातात्विक ऐतिहासिक बस्तु एवम् रहनसहनको बारेमा समूहगत रुपमा छलफल गरिएको थियो । कार्यशालामा बोल्दै नगर प्रमुख यादव क्षिरेश्वरनाथ नगरपालिकाको पहिचान झल्कने खालका विषयवस्तुहरुलाई समावेश गरेर मातृभाषामा स्थानिय पाठ्यक्रम विकास गर्नुपर्ने जनाउनु भयो भने बढी भन्दा बढी सरोकारवालाको धारणालाई समावेश गरी उपयूक्त विषयवस्तुहरुलाई समावेश गरी स्थानिय पाठ्यक्रम निमार्ण गर्नुपर्ने कुरामा उपप्रमुख रचना श्रेष्ठ माथेमाले जोड दिनुभयो ।

त्यस्तै कार्यशलाको समापनमा बोल्दै शिक्षा अधिकृत दिपक खत्रीले क्षीरेश्वरनाथ नगरपालिकाको पहिचान र स्थानिय आवश्यकता झल्कने विषयवस्तुहरुलाई सरोकारवालाहरुले दिएको सल्लाह र सुझावको आधारमा समावेश गरी स्थानिय पाठ्यक्रम विकास गरिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर