जनकपुरधाम । दुहबी गोबराहीलाई पराजित गर्दै मावि खजुरी चन्हा छात्रा फुटवल प्रतियोगिता–२०८१ मा तृत्तिय भएको छ ।
जनकनन्दनी गाउँपालिकाको खजुरी खेल मैदानमा बिहीबार तेश्रो स्थानको लागि भएको खेलमा मावि खजुरी चन्हाले मावि दुहबी गोबराहीलाई १–० ले पराजित गरेको हो ।
हारसँगै दुहबी गोबराही प्रतियोगितामा चौथो स्थानमा चित्त बुझाएको हो ।
प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको खेलमा दुहबी गोबराहीका खेलाडीहरु सुरुदेखि नै दबाबमा देखियो ।
आरती कुमारी पण्डितले खेलको पहिलो हाफमै सुन्दर गोल गर्दै मावि खजुरी चन्हालाई १–० को अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमै १–० ले पछाडि परेको दुबही गोबराहीले खेल समाप्त हुँदासम्म बराबरी गोल फर्काउन सकेन् ।
दुहबी गोबराहीका खेलाडीहरुले झण्डै आधा दर्जन गोल गर्ने अवसर बनाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन् । जसका कारण लगातार दोश्रो खेलमा दुहबी गोबराहीले हारको सामना गर्नुपरेको हो ।
खेलमा एक मात्र गोल गरेकी आरतीलाई प्लेयर अफ दी म्याच प्रदान गरिएको आसमान नेपालका फिल्ड सुपरभाइजर राजेन्द्र सदायले बताए । खेलको समापनमा जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले प्लेयर अफ दी म्याचको पुरस्कार प्रदान गरिन् । जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको म्याच रेफ्री सुनिल कुमार पासवानले बताए ।
पुरस्कार वितरण समारोहमा जनकनन्दनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र साह, प्लान इन्टरनेशनल नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत सुनिल खडका, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव लगायत विद्यालयका प्रअहरुको उपस्थिति रहेको थियो ।
जनकनन्दनी गाउँपालिमा भएको प्रतियोगितामा चार वटा टोलीले भाग लिएको थियो ।
खेलको सुरुमै लय गुमाएको मावि दुहबी गोबराहीले अन्त्यसम्म पाउन सकेन् । उद्घाटन खेलमा आकर्षक लयमा खेल्दै मावि दुहबी गोबराहीले घरेलु टोली मावि गिद्धाबेलापट्टीलाई पराजित गरेका थिए ।
त्यसपछिको खेलमा मावि दुहबी गोबराहीका खेलाडीहरुले अपेक्षाअनुरुपको प्रदर्शन गर्न सकेन । जसका कारण प्रतियोगितको बलियो दाबेदार मानिएको दुहबी गोबराही चौथो स्थानमा चित्त बुझाउनु परेको हो ।
जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिकाले आयोजना गरेको छात्रा फुटवल प्रतियोगिताको फाइनल खेल शुक्रबार(आज) गिद्धाबेलापट्टी खेल मैदानमा खेलिने भएको छ । फाइनलमा बफै र केएसएच मावि खजुरीबीच भिडन्त हुने भएको छ । सेमिफाइनलमा बफैले मावि दुहबी गोबराही र केएसएच मावि खजुरीले खजुरी चन्हालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।
छात्रा फुटवलमा खजुरीचन्हा तृत्तिय,फाइनल गेम भोली शुक्रवार
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech