ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा नव आगन्तुक प्रहरी निरिक्षकलाई स्वागत

महेन्द्रनगर,
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा शनिवार नव आगन्तुक प्रहरी निरिक्षक सोनु कुमार साहलाई स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक साहले बजार क्षेत्रमा मौलाउँदै गएको लागु औषध दुव्र्यसनीलाई यहाँका पत्रकार, समाजसेवी बुद्धिजिवी राजनीतिक दलसँग मिलेर यसको अन्त्य गर्ने बताएका छन् । उनले ग्रामीण भेगमा रहेका खराब गतिविधिलाई अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि आफु लागिपर्ने बताउँदै प्रहरी प्रशासनलाई चुस्तदुरुस्त पार्ने प्रतिबद्धता समेत जनाएका छन् ।

साहले यस क्षेत्रको सुरक्षाका लागि यहाँका जनताको साथ चाहीने भन्दै साथ र सहयोगको अपेक्षा समेत गरेको बताए ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, वटेश्वर गाउँपालिका अध्यक्ष राम अशिष महतो, स्थानिय बुद्धिजिवी मित्रलाल गिरी, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, क्षिरेश्वरनाथ नगरपालिका वार्ड नम्बर १ का वार्डअध्यक्ष मकेश्वर यादव, वार्ड नम्बर २ का वार्डअध्यक्ष देवु यादव, वार्ड नम्बर ३ का वार्डअध्यक्ष अमर किशोर सिंह, वार्ड नम्बर ४ का वार्डअध्यक्ष जगदिस यादव, वार्ड नम्बर ६ का वार्डअध्यक्ष विनोद प्रसाद गुप्ता, वार्ड नम्बर ८ का वार्डअध्यक्ष मोद कुमार महतो (मोदी), वार्ड नम्बर ९ का वार्डअध्यक्ष अवध किशोर यादव, वार्ड नम्बर १० का वार्डअध्यक्ष राम पदार्थ यादव, मिथिला नगरपालिका वार्ड नम्बर २ का वार्डअध्यक्ष विहारी महतो, वार्ड नम्बर ३ का वार्डअध्यक्ष राम एकवाल महतो, नेपाली कांग्रेस नेता जानकी शरण यादव, नेकपा एमालेका नेता महेन्द्र यादव, राजु गुप्ता, ललित साह, यूवा नेता सतिश कुमार झा लगायतका स्थानिय राजनितिकर्मी, बुद्धिजिवी, व्यापारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय