डा.अजय कुमार मिश्र द्धारा निःशुल्क विशेषज्ञ परामर्श

महेन्द्रनगर,
विश्व शाइराइड दिवसको अवसरमा निर्मला देवी मेमोरियल अस्पतालका विशेषज्ञ चिकित्सक प्रा.डा.अजय कुमार मिश्र द्धारा निःशुल्क विशेषज्ञ परामर्श सेवाका साथै निःशुल्क वि.पि., शुगर, थाइराईड लगायतको सेवा प्रदान गरिएको छ ।
जनकपुर क्याम्पस चौक स्थित रहेको निर्मला देवी मेमोरियल हस्पिटलमा थाइराइड रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सचेतनामुलक कार्यक्रम अन्तर्गत निःशूल्क सेवा प्रदान गरिएको विशेषज्ञ चिकित्सक प्रा.डा.अजय कुमार मिश्रले जनकारी दिनुभयो । डा.मिश्रका अनुसार थाइराइड घाँटीको अगाडिको भागमा रहेको पुतली आकारको ग्रंथी हो । यसले एउटा हर्मोन बनाउँछ जसको मद्दतले मेटाबोलिज्म नियन्त्रणमा रहन्छ । हर्मोन लेभलमा गडबढी आउँदा शरीरमा धेरै समस्या निम्तिन्छ । जसका कारण अत्याधिक थकान, कपाल झर्ने, हातखुट्टामा झनझनाउने, घाँटी सुन्निने, मुटुको धड्कनमा परिवर्तन हुने जस्ता लक्षण देखिन्छन् ।

यो दिवस मनाउनुको उद्देश्य थाइराइडको बारेमा मानिसहरूलाई सचेत गराउनु हो । थाइरोइड ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा समस्या हुने गर्छ । थाइरोइड विशेष गरी ६० वर्ष माथिका महिलामा धेरै देखिन्छ । तर आजभोलि निकै कम उमेरदेखि नै थाइराड भएको पाइन्छ । यो पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ ।
थाइराइड भएमा अत्याधिक तौल बढ्नु वा घट्नु ः तौलमा परिवर्तन हुनु थाइराइड विकारको सबैभन्दा सामान्य लक्षण हो । तौल बढ्नुले थाइरोइड हर्मोन कम हुने संकेत गर्छ, जसलाई हाइपोथायराइडिज्म भनिन्छ । अर्कोतर्फ थाइराइडले धेरै हर्मोन बनायो भने तौल पनि धेरै कम हुन थाल्छ । यसलाई हाइपर थाइराइडिज्म भनिन्छ । हाइपोथाइराइडिज्म अधिकांश मानिसहरूमा पाइन्छ ।

घाँटी सुन्निने ः घाँटी सुन्निनु वा बढ्नु थाइराइड विकारको स्पष्ट संकेत हो । यसमा घाँटीमा डल्लोजस्तो हुन्छ । यो हाइपोथाइराइडिज्म वा हाइपर थाइराइडिज्म दुवैमा हुन सक्छ । कहिलेकाहीँ थाइरोइड क्यान्सर वा गाँठोको कारणले पनि घाँटी सुन्निन सक्छ ।
मुटुको गतिमा परिवर्तन ः थाइराइड हर्मोनले शरीरको लगभग हरेक अंगलाई असर गर्छ । जसका कारण मुटुको धड्कन पनि परिवर्तन हुन थाल्छ । हाइपोथाइराइडिज्म भएका मानिसहरूको मुटुको गति सामान्य भन्दा कम हुन्छ, जबकी हाइपर थाइराइडिज्म भएकाहरूको मुटुको गति छिटो हुन्छ । यसले रक्तचाप पनि बढाउँछ ।
ऊर्जा र मूडमा परिवर्तन ः थाइरोइड विकारले ऊर्जा स्तर र मूडमा पनि ठूलो प्रभाव पार्छ । हाइपोथाइराइडिज्ममा, मानिसहरू थकित, सुस्त र उदासी महसुस गर्छन ्। हाइपर थाइराइडिज्मले चिन्ता, निद्रामा समस्या, बेचैनी र चिडचिडापन निम्त्याउँछ ।

कपाल झर्नु ः कपाल झर्नु थाइराइड हर्मोन असन्तुलनको अर्को लक्षण हो । यो समस्या हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्म दुवैमा हुन सक्छ । धेरैजसो अवस्थामा, थाइरोइड डिसअर्डरको उपचार पछि कपाल फेरि बढ्छ ।
धेरै चिसो वा तातो महसुस ः थाइरोइड विकारले शरीरको तापमान नियमित गर्ने क्षमतालाई कमजोर बनाउँछ। हाइपोथाइराइडिज्म भएका मानिसहरूलाई सामान्यभन्दा बढी चिसो महसुस हुन्छ। जबकि हाइपर थाइरोइडिज्म भएका मानिसहरूलाई धेरै पसिना आउँछ ।
त्यस्तै अन्य लक्षणहरू ः हाइपोथाइराइडिज्ममा अन्य लक्षणहरू जस्तै छाला सुख्खा हुनु र नङ भाँचिनु, हात खुट्टा सुन्निने, कब्जियत, महिनावारीमा गडबढी पर्छन् । हाइपरथाइराइडिज्मका लक्षणहरू मांसपेशी कमजोर हुनु वा हात काँप्नु, आँखाको समस्या, पखाला, अनियमित महिनावारी आदि हुन् ।
त्यस्तै निःशुल्क शिविरमा सयौंको संख्यामा आएका विरामीलाई अनुभवि दृष्ठि विज्ञ सुभाष यादव द्धारा आँखाको जाँच निःशुल्क गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर