४० वर्ष माथिको पुरुष दौड प्रतियोगिताको लागी सम्पुर्ण त्यारी पुरा

महेन्द्रनगर,
गणतन्त्र दिवसको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित हुन गइरहेको ४० वर्ष माथिका ५ कि.मि. पुरुष दौड प्रतियोगिताको लागी सम्पुर्ण त्यारी पुरा भएको आयोजकले जनकारी दिएका छन । नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटि द्धारा आयोजित ४० वर्ष माथिको ५ कि.मि. पुरुष दौड प्रतियोगिता नेपालमै नौलो रहेको आयोजकले बताएका छन । प्रतियोगितामा प्रतियोगी नगर भित्रकै हुनुपर्ने, नागरिकता अनुसार ४० वर्ष कटेको हुनुपर्ने लगायतका नियमहरु राखिएको छ । स्थानिय क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित संचालनमा रहेको कल्पना फर्मेसी र राजु मोटरसाइकल ग्यारेज द्धारा विशेष सहयोग गरिएको प्रतियोगिताको प्रथम पुरस्कार नगद ११ हाजार, प्रमानपत्र, दोस्रो पुरस्कार नगद ८ हाजार १ सय, प्रमानपत्र, तेस्रो पुरस्कार नगद ५ हाजार १ सय, प्रमानपत्र र चौथो पुरस्कार नगद ३ हाजार १ सय प्रमानपत्र राखिएको छ । नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटि अध्यक्ष अनिल चौधरीका अनुसार यो प्रतियोगिता नेपालमै नौलो प्रतियोगिता र अहिले व्यक्तिलाई स्वस्थ्य रहन कम्तिमा दौनिक १ घण्टा हिडडुल गर्न अति नै आवश्यक छ जसलाई मध्यनजर गर्दौ यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताए । साथै प्रतियोगितामा हार जित आफनो ठाउँमा छ तर मनोरन्जनका लागी भएपनि ४० वर्ष कटेका व्यक्तिहरुलाई यो प्रतियोगितामा सहभागीका लागी अनुरोध गदर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय