५ दिने अधारभुत पत्रकारिता तालिम सम्पन्न

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग र प्रगतिशिल समाज सेवा समितिको सहकार्यमा ५ दिने अधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुर श्री मा.वि.दिगम्वरपुरमा वडाअध्यक्ष मोद कुमार महतो (मोदी)को अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच विधिवत कार्यक्रम सम्पन्न भएको छ । पत्रकारिताको माध्यमबाट लघु उद्यमको प्रवर्धन तथा विकासमा जोड दिने उद्देश्यले आयोजना गरिएको आधारभूत तालिम विहिवार सम्पन्न भएको हो । तालिममा २२ जनाको सहभागिता थियो ।

तालिममा स्थानीय अग्रज पत्रकारले सहजीकरण गर्नुभएको थियो । समापन समारोहमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव सूचनाका माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार संस्था तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो मोदीले पालिकामा नयाँ कार्यक्रमहरुको आयोजना गरेकोमा धन्यवाद दिँदै आउने दिनमा यस्तो कार्यक्रमहरुमा नगरपालिकाको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर उप प्रमुख रचना श्रेष्ठ माथेमा गाउँ स्तरमा पनि एउटा नैंलो पत्रकारिता तालिम संचालन गरेकोमा आयोजक प्रति धन्यवाद व्यक्त गर्दै सहभागी विद्यार्थीहरुलाई आगामीदिनमा पनि यसको निरन्तरता दिन आग्रह गर्दै आफूले विगतको समयमा सुचनाको अभाव सुनाउँदै अहिले हाथहाथमा मोवाईल जस्ता डिजिटल प्रविधिको समय आइसकेकोले यसलाई सहि सदिप्योग गर्न आग्रह गर्नु भएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ को सहयोगमा संचालित ५ दिने आधारभुत पत्रकारिता तालिम यही मिति २०८१ जेष्ठ २० गते देखि संचालन भई जेष्ठ २४ गते विधिवत सम्पन्न भएको छ । अहिले समाजिक संजाल लगायत माध्यमबाट आईरहेको फेक सामाचार र आफनो ठाउँमा भईरहेको गतिविधिको बारेमा सहि सत्य उजागर गर्न यो ५ दिने आधारभुत पत्रकारिता तालिमबाट केही सिफ आर्जन भएको विश्वास व्यक्त गर्दै अगामीदिनमा फेरी पनि यस्ता आधारभुत तालिमहरु प्रति आफनो ध्यान केन्द्रित रहने वडाअध्यक्ष मोद कुमार महतोले बताए ।
त्यस्तै कार्यक्रममा उपस्थित प्रगतिशिल समाज सेवा समितिका अध्यक्ष अनिल कुमार महतो ज्ञान भनेको सार्वजनिक रुपमा मान्य विचारहरुलाई बाहिर ल्याउनु हो जुन प्रत्येक मानिसको मस्तिष्कमा लुकेर बसेको हुन्छ । स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो । मानव सभ्यताको विकासक्रम सँगसँगै शिक्षाको पनि विकास भएको पाइन्छ ।

मानिसले विभिन्न युग र कालहरु व्यतीत गर्दै आजको आधुनिक युगमा प्रवेश गरेको छ । पत्रकारिता शिक्षालाई ज्ञान आर्जन गर्ने माध्यमको रुपमा लिइन्छ । शिक्षाका पुराना विचारहरु अलग हुन सकेका छैनन् तापनि मध्यकालिन र आधुनिक युगमा नयाँ नयाँ विचारहरु विकासक्रमका रुपबाट आएका छन् । अर्कोतर्फ सूचना र सञ्चारको भूमण्डलीकरणका कारण आज जो सँग सही समयमा सही सूचना छ, ऊ नै सबैभन्दा शक्तिशाली र श्रोत साधन सम्पन्न हुने अवस्था छ । सूचनाप्रविधिको विकास सँगै आज हरेक सूचनाको मूल्य निर्धारण भएको परिप्रक्ष्यमा आर्थिक क्षेत्रको सही सूचना उपयुक्त समयमा सर्वसाधारण समक्ष पु¥याई उनीहरुलाई सही व्यवसायिक निर्णय गर्न सक्षम तुल्याउन सके मात्रै कुनै पनि समाज, देश वा क्षेत्रीय स्तरमा समग्र आर्थिक विकास हुन सक्दछ । यी यथावत कुराहरुलाई मध्यनजर गर्दै ५ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न गराईदिएको प्रति प्रशिक्षक, विद्यार्र्थी, सहयोगि लगायतलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा श्री मा.वि.दिगम्वरपुरका प्रधानध्यापक सम्पत महतो, स्थानिय यूवा नेता विजेन्द्र महतो लगायतका उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय