भदौ ३ गते ।
धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा २९ औं लवकुश वार्षिकोत्सब सोमबार सम्पन्न भएको छ । लवकुश बिकास प्रतिष्ठानको आयोजना तथा नेपाल कुशवाहा कल्याण समाज चित्रपुरको समन्वयमा कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मि महतोले यस क्षेत्रको शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिष्ठानका अध्यक्ष नथुनि महतो कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्मित लवकुश मन्दिरमा शंखमर्मरको लवकुश भगवानको प्रतिमा स्थापना गरिएको छ । प्रदेशसभा सदस्य हरिनारायण महतोले देशको हरेक परिवर्तनमा कुशवाहा समुदायको योगदान रहेको बताए । जनताको रगत पसिनाको प्रतिफल देशमा आमुल परिवर्तन भएर गाउँ गाउँमा कालोपत्रे सडक, जनताको छोराछोरी देशको उच्च ओहदामा आसिन भएको बताए ।
कार्यक्रममा पुर्वमन्त्री शत्रुधन महतोले कुशवाहा समुदायलाइ कृषिकार्यसगै शिक्षामा लगानी गर्न जोड दिएका थिए । शिक्षामा लगानी गर्दा हाम्रो हरेक क्षेत्र बलियो हुने बिश्वास व्यत्त गरेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका नेता पुर्वमन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य हरिनारायण महतो, पुर्वप्रधान वौएलाल महतो, रामचन्द्र महतो, कपलेश्वर महतो, बटेश्वर गापा वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतोलगायत सयौं जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा बिहान लवकुश मन्दिरमा कलश स्थापनार्थ कलशयात्रा गरिएको थियो । कार्यक्रममा प्रोफेसर राजेन्द्र प्रसाद सिंह, पुर्व शिक्षक रामखेलावन महतोलगायतले आफ्नो विचार राख्दै कुशवाहा समुदायको पुर्वज लवकुशलाइ भगवानको रूपमा मन्दिर निर्माण गरि पुजापाठ गर्दै आएको बताए । सोमबारदेखि ३ दिवसीय सास्कृतिक कार्यक्रमसहित मेलाको आयोजना गरिएको स्थानीय समाजसेवी नेता रामउदगार महतोले बताए ।
धनुषाको चित्रपुरमा २९ औं लवकुश वार्षिकोत्सब सम्पन्न
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech